नेपाल सुपर लिगमा धनगढीले काठमाडौंलाई हरायो

एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो ।

धनगढीलाई जित दिलाउन ओलावाले आफिजले दुई गोल गरे । यस्तै टंक बस्नेतले एक गोल गरे । काठमाडौंविरुद्ध धनगढीले पहिलो हाफमै तीन गोल गरेको थियो । खेलको १९ औं मिनेटमा टंक बस्नेतले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । खेलको २२ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३–० को जित दिलाए ।

खेलको ६८ औं मिनेटमा धनगढी १० खेलाडीमा समेटियो । रमेश दंगाल दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । काठमाडौंका रमेश बर्तौलालाई खराब ट्याकल गरेपछि दंगालले कार्ड पाएका हुन् । जितसँगै धनगढीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३–० ले पराजित भएको थियो । काठमाडौंको यो पहिलो हार हो । काठमाडौंले २ खेलमा ३ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार