टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा नेदरल्यान्ड्सलाई २३९ रनको लक्ष्य

कीर्तिपुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई २३९ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको छ ।

नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशल भुर्तेलले ७७ रनको योगदान गरे भने कुशल मल्ले ५० रन बनाए । अर्का खेलाडी दीपेन्द्र सिंहले ४८ रन बनाएका छन् ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले ब्याटिङ गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार