खालि ग्यासका सिलिन्डर तत्काल भरेर राख्न अनुरोध

नेपाल एलपि ग्यास उद्योग संघले उपभोक्तालाई खाना पकाउने ग्यासका सिलिन्डर खालि छ भने भरेर राख्न अनुरोध गरेको छ। संघले कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुन सक्ने भन्दै खालि ग्यासका सिलिन्डर तत्काल भरेर राख्न अनुरोध गरेको हो।

गत बर्षको लकडाउनमा पनि सबै उपभोक्तालाई ग्यासको अभाव हुन नदिएको स्मरण गर्दै संघले अहिले पनि ग्यासको अभाव हुन नदिन संघ लागिपरेको जनाएको छ। नेपाल आयल निगमले कोरोना महामारीमा सहजै सिलिन्डर उपलब्ध गराउन संघलाई पत्र काटेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार