डिजिटल नेपालको फ्रेमवर्कको अवधारणा समयसापेक्ष परिमार्जन गर्न सरकार तयार छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री बिष्णु पौडेलले सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई अभ्यासका आधारमा परिमार्जन र परिस्कृत गर्दै लैजानुपर्ने बताएकाछन् । नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा गरेको कुल ग्राहस्थ उत्पादनमा टेलिकम क्षेत्रको भूमिका बिषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पौडेलले डिजिटल नेपालको फ्रेमवर्कको अगाडीको योजनालाइ समयसापेक्ष परिमार्जन गर्न सरकार तयार रहेको बताए ।

अहिले आइटिको महत्व धेरै फराकिलो हुँदै गएको भन्दै मन्त्री पौडेलले यो क्षेत्रलाइ पछि पर्न नदिइने तर्क गरे। कोरोना महामारीकाबीच बिद्यालय बन्द गर्नुपर्ने अवस्था आए सूचना प्रविधीकै माध्यमबाट बिद्यार्थीहरुलाई पठनपाठनको व्यवस्था मिलाउनुपर्ने धारणा राखे ।

कोरोनाबाट मानवजिवनको रक्षाका लागि पनि आइटिको अधिकतम प्रयोग गर्नुपर्ने उनले बताए । उनले दुरसञ्चार क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार