भाग्य कसैको पेवा होइन

भाग्य कसैको पेवा होइन
किन अहंकार गर्छौ
लिएर जाने कसैले होइन
किन थुपार्न खोज्छौ

२०७७ सालको भाग्य अव
आउदा दिनहरूमा नफर्कियोस
मुटु भरि खुसी लिई अव
२०७८ साल लागोस

भाग्यको खेला दैवको लिला
सबैले भोग्नु पर्ने
आतिएर ,मातिएर होईन
सहन सिलताले ठाउँ बनाउनु पर्ने

कसको भाग्य कस्तो छ
कसलाई के थाहा
जीवन भोगाइ दुख र सुख
यस्तै मान्नै पर्ने

सुख दुख जे जस्तो भएपनि
जीवन आखिर जीउनै पर्ने
भाग्य कसैको पेवा होइन
दैवको खेललाई सहनै पनें

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार