प्रदेश २ का ४ सांसदले माओवादी छाडेपछि पोखरेल भन्छन् : एमालेमा अवसर होइन, भविष्य छ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्र परित्याग गरेर एमालेमा आएका नेताहरूलाई तत्कालको लागि अवसर मात्रै, नभएर भविष्य पनि भएको दाबी गरेका छन्।

प्रदेश २ को चार सांसद पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर एमालेमै रहने भएपछि यस्तो बताएका छन्। उनले प्रदेश २ मा ४ जना प्रदेश सांसद माओवादी किन छोडेरु सुदूरपश्चिममा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजेरु भन्ने प्रश्न गर्दै एमालेमा भविष्य भएको दाबी गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘प्रदेश २ मा ४ जना प्रदेश सभासदले माओवादी किन छोडेरु सुपमा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजेरु यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो।’

नेकपाको एकता भंग भएपछि दाहाललाई छाडेर रामचन्द्र मण्डल, ज्वाला कुमारी साह र कुन्दन प्रसाद कुशवाह र मोहम्मद समिर एमालेमै रहने भएका छन्। उनीहरूलाई माओवादीले २४ घण्टे स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रियासमेत अघि बढाइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार