वातावरण सुधारका लागि प्रर्दशन

नेपालको वातावरण बिग्रदै भएको यसको सुधारका लागि पहल चाल्नुपर्ने भन्दै हरित नेपाल नामक संस्थाले काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौं उपत्यका लगाएत देशभरको मौसमी वातावरण बिग्रदै जाँदा सरकारले पहलकदमी लिने बेला आएको भन्दै उनीहरुले बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले हामी हावा फेर्ने कि धुलो‚ कति गर्नु बाहना‚ मास्क लगाउनु छैन चाहना‚ सरकार सास फेर्न दे लगायतका प्ले कार्ड बोकेका थिए । उनीहरुले नेपालको मौसमी वातावरणलाई सुधार गर्न सरोकारवालाहरुको निरन्तर ध्यानाकर्षण गराउने जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार