बीबीसी मास्टर सेफ साह सम्मानित

बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके -२०२० को उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाली खानालाई विश्व जगतमा चिनाकोमा सेफ सन्तोषलाई धनयवाद दिए। उनले नेपाललाई यसरी नै विश्वमा चिनाउन सकेको खण्डमा मात्रै नेपालको पर्यटनले सार्थकता पाउने बताऐ । कोइरालाले आफ्नो पहिचानलाई चिनाउन सेफ सन्तोष शाहबाट सिक्नु पर्ने तर्क गरे ।

विश्व चर्चित सेफ सन्तोषले नेपाली भएको नाताले आफुले नेपाल चिनाउन सफल भएको बताउदै एउटा भान्छेलाई सम्मान गर्ने नयाँ नेपाल पाएको बताए । शाहले विश्व बजारमा नेपाली खाना चिनाउन योमरी लगायतका खानाले महत्वपूर्ण भूमिका खेलको जिकिर गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार