कृषिमा सम्भावना खोज्दै राष्ट्रिय खाद्य वैंक

प्रचुर सम्भावना भएपनि सरकार र निति निर्माताको आँखाबाट प्राथमिकतामा नपरेको क्षेत्र हो नेपालको कृषि क्षेत्र । समय समयमा विभिन्न दातृ निकायको रहरमा कृषि लक्षित योजना ल्याइएपनि त्यसले लक्षित समुदायका खासै प्रभाव पारेको देखिदैन । यसरी कागजी रुपमा लोकप्रिय लाग्ने परियोजना असफल वन्नुको कारण हो किसान , उत्पादन, वजारीकरण विचको समन्वयको अभाव ।कृषि प्रधान देश भनिएपनि यो क्षेत्र अझै विउ ,मल र सिचाइको अभावमा छ । विउ र मलका लागि किसानले लाठी खानु पर्ने अवस्था विद्यमान छ । कृषिमा व्यवसायिकीकरण नहुदा यसले नया पुस्तालाई आर्कषण गर्न सकेन भने युवा जनशक्ति रोजगारीको लागी दिनहूँ विदेसिन वाध्य छ । सरकार पनि युवालाई विदेश पठाएर रेमिट्यान्समा मख्ख छ । गाँउ घरका खेती योग्य जमीन वाँझै छन् , हामी खाद्यान्न आयात गरिरहेछौ । मुलुकको यही समश्यालाई मसिनोसंग अध्ययन गरि राष्ट्रिय खाद्य वैंकले पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने नाराका साथ आफनो अभियान तिव्र बनाउदै लगेको छ । कृषि क्षेत्र निर्वाहमुखी मात्रै हैन,राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा योगदान पुर्याउने उद्धोषका साथ विभिन स्थानका सरोकावालासंग अन्र्तक्रिया गरिरहेको वैकले शनिवार काठमाडौमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो ।

कार्यक्रममा बैकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रतीले मुलुकको विभिन्न स्थानमा उत्पादन हुने अन्न, तरकारी दुध, माछामासु फलफुलको आधुनिक प्रविधिवाट उत्पादन गरि प्रशोधन , भण्डारण तथा वजारीकरण मार्फत उपभोक्ता सामू पुर्याउने लक्ष्यका साथ वैंक स्थापना भएको बताए । उनले मुलुकभरमा विभिन्न स्थानमा रहेका वाँझो , खाली जमीनको सदुपयोग गरि किसानको जीवनस्तर उकास्ने तथा समग्र कृषिलाई व्यवसायिकीकरण गर्ने वैंकको लक्ष्य रहेको वताए ।

वर्दियामा जमीन भाडामा लिई धानखेती गर्ने तयारी गरिरहेको बैकले आगामी दिनमा मुलुकभरका सवै स्थानमा व्यवसायिक तथा कृषिमा यान्त्रिकरण मार्फत उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको छ । सम्वन्धित कृषि विज्ञको पत्यक्ष सहभागितामा अनुसन्धान गरि उत्पादन, भण्डारण र वजारीकरण विच समन्वय गरि लगानीकर्ताको लगानी सुरक्षित गर्ने वैंकले प्रतिवद्धता गरेको छ ।

पछिल्लो समय लोप हुदै गएका परम्परागत कृषि उपजको आधुनिकीकरण गरि कृषि पर्यटनलाइृ प्रवर्धन गरि मुलुकभित्र रोजगारीको अवसर सृजना गर्ने वैंकले वताएको छ ।  किसानलाइृ सेयर सदश्यका रुपमा स्थापित गरि लैजाने, उत्पादन र उत्पादकत्वको हिस्सा वनाउने योजनाका साथ अधि वढेको वैकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार