तीन दिन अघि कोराना खोप लगाएका कांग्रेसका प्रदेश सांसद दाहालको निधन

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित दाहालको आज बिहान सरस्वती नगर, कपनस्थित निवासमा निधन भएको हो ।
‘‘एक महिनाअघि उनी कोरना संक्रमित भएका थियो, त्यो निको भए पछि अस्ति मात्र कोरोना खोप लगाएका थियो’’, पूर्व सांसद रामहरी खतिवडाले भने, ‘‘आज अचानक स्वास्थ्यमा समस्या आएपछि अचानक उनको निधन भएको छ ।’’

गत आम निर्वाचनमा ओखलढुंगा–१ बाट प्रदेश सांसदका उम्मेदवारसमेत रहेका दाहाल नेपाली कांग्रेस, ओखलढुंगाका सचिवसमेत भएका थिए ।

जेपी प्रतिष्ठान लप्सीफेदीमा आश्रम सञ्चानल गरेर समाजसेवामा सक्रिय दाहालका झन्डै दुई दर्जन कृति पनि प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार