वोल्न मिल्ने मोवाइलवाट कारोबार शुरु भएको इसेवाको  १२ वर्ष वित्यो, खाता खोल्नेको संख्या ४० लाख नाघ्यो

वोल्न मिल्ने मोवाइलवाट कारोबार शुरु गर्ने इसेवा १२औं वर्षमा प्रवेश गरेको छ। नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा हाल आर्थिक कारोबारको महत्वपूर्ण माध्यम बनेको छ।

इसेवाले मुलुकका अधिकांश महानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा तहसम्म पुगेर नगदरहित (क्यासलेस )कारोबार विस्तारलाई प्रभावकारी बनाएको छ। मोबाइल तथा इन्टरनेट माध्यमबाट भुक्तानी सेवा दिइरहेको इसेवामा  खाता खोल्नेको संख्या ४० लाख नाघेको कम्पनीले जनाएको

छ। अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख इसेवामार्फत सेवा लिइरहेको बताइएको छ।

हाल इसेवाको देशभर एक लाखभन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको कम्पनीले जनाएको छ। यसैगरी मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघेका छन्।

तीन जना युवाको परिकल्पनाबाट सुरू भएको एफवानसफ्ट कम्पनी अन्तर्गत इसेवासँगै करिब एक दर्जन कम्पनीहरु सञ्चालनमा छन्। यस ग्रुपले अहिले एक हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको कम्पनीले जनाएको छ।

इसेवाले विभिन्न सामाजिक उत्तरदायीत्वका कार्यक्रम मार्फत् विभिन्न विद्यालयलाई डिजिटल बनाउने उदेश्य सहित करिब ६ सय वटा कम्प्युटर वितरणसँगै इलाइब्रेरी स्थापना, निस्शुल्क शैक्षिक सफ्टवेयर उपलब्ध गराएको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार