लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन अदालतसंग काँग्रेस नेता पौडेलको आग्रह

नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनःस्थापना गरेर नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गरेकाछन् । चितवनको भरतपुरमा नेपाली काँग्रेसद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पौडेलले प्रतिनिधिसभा विघटनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि एकै पटक प्रहार भएको बताए।

उनले सर्वोच्च अदालतले न्याय दिनेमा विश्वास व्यक्त गरे । पौडेलले भने म चितवनको यो शहीद भूमिबाट न्यायमुर्तीहरु सम्मान गर्दै सर्वोच्च अदालतलाई नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गर्दछु ।’

पौडेलले चुनाव भन्दा ठूलो संविधान र लोकतन्त्र हुने स्पष्ट पारे। उनले भने , ‘खेत भएमात्र अर्को पटक धान रोप्न पाइन्छ । खेतै नभएपछि कसरी धान रोप्ने त्यसैले अहिले संविधान जोगाऊ लोकतन्त्र जोगाउ । लोकतन्त्र र संविधान जोगियो भने त चुनवामा त जहिले पनि सहभागी हुन पाइन्छ नि ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार