पछिल्लो २४ घण्टामा दुई सय ४० जनामा कोरोना पुष्टि, थप ६ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप दुई सय ४० जनामा कोरोना पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । त्यस्तै थप ४ सय ७७ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल चार हजार ५८ जना आइशोलेशनमा छन् भने २३१ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म बीस लाख ८ हजार नौ सय ४४ वटा पीसीआर परीक्षण गरिएको छ ।

शनिबार कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यू हुनेको संख्या १ हजार ९ सय ५४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार