प्रतिनिधिसभा विघटनविरुद्ध नागिरक अगुवाको प्रर्दशन

प्रतिनिधिसभा विघटनविरुद्ध बृहत नागरिक आन्दोलन अन्तर्गत नागिरक अगुवाहरुले काठमाडौंको माइतीघरमा शनिबार प्रदर्शन गरेका छन् । प्रदर्शनमा नागरिक अभियन्ता, पत्रकार, न्यायाधीश, प्रध्यापक लगायतको उपस्थिति थियो ।

प्रदर्शनकारीहरुले ‘प्रतिनिधिसभा मार्न पाइँदैन । निरंकुश सरकार चाहिँदैन ।’, ‘संवैधानिक निकायको कब्जा बन्द गर । असंवैधानिक नियुक्ति खारेज गर ।’, दलको झगडामा संविधानको बली चढाउन पाइँदैन ।’ लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार