सात घटकको एकीकरण गरि पुनर्गठित नेकपा (माओवादी केन्द्र) घोषणा

बिभिन्न सात साना कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा सातवटा कम्युनिस्ट पार्टीले एकता घोषणा गरेका हुन् ।

एकता गर्नेहरुमा पुनर्गठित ने.कपा(माओवादी केन्द्र), नेपाल श्रमजीवि पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गणतान्त्रिक), नयाँ नेपाल राष्ट्रिय पार्टी, पुर्व जनमुक्ति सेना एकता पार्टी, थारु राष्ट्रिय मुक्ति मोर्चा र नेकपा माक्र्सवादी रहेका छन् ।

पत्रकार सम्मेलनमा निरन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभुमिबाट आएका ७ वटा पार्टी एकता पछि ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ घोषणा भएको जानकारी दिएको हो ।

नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविसोर पराजुली रहने जानकारी गराइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार