‘नागरिक एप’ सार्वजनिक, अब सरकारी सेवा अनलाइनबाट: सञ्चारमन्त्री गुरूङ

सरकारले नागरिकहरुलाई प्रवाह गर्ने सेवा सहज बनाउनका लागि मोबाइल एप सार्वजनिक गरेको छ ।सरकारले नागरिकहरुलाई प्रवाह गर्ने सेवा सहज बनाउनका लागि मोबाइल एप सार्वजनिक गरेको छ । डिजिटल सेवा उपलब्ध रहेका सरकारको सबै सार्वजनिक सेवाहरु अब नागरिक एपमा उपलब्ध हुनेछ ।

एपको शुभारम्भ गर्दै सञ्चार तथा सूचना, प्रविधिमन्त्री पार्वत गुरुङले अब सरकारी कामको लागि लाइन बस्न नपर्ने बताएका छन् । उनले अब सरकारी सेवाहरु अनलाइनबाट लिन सकिने बताए ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘सरकारी निकायहरुले प्रयोगमा ल्याएका एप्सहरुलाई एकीकृत तथा अन्तरआवद्ध गरी सरकारी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री तथा सरकारी कामकारवाहीको अनुगमन, गुनासो सुनुवाइ तथा सम्बोधन हुने व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख छ ।

सूचना र सञ्चावर प्रविधि क्षेत्रमा भईरहेको तिव्र प्रविधिको उपयोग गरी ज्ञान तथा सूचनामा आधारित समाज तर्फ रुपान्तर गर्न नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको परिकल्पना गरे बमोजिम नागरिक मैत्री सेवा प्रवाह गर्न यो एप तयार पारिएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार