औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपलाई विभागले आपतकालीन अनुमति दिएको हो ।
अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड खोपलाई भारतले आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ । ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले कोभिसिल्ड खोप ७०।४२ प्रतिशत प्रभावकारी रहेको बताएका छन् ।
विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो ।