२ सय ७० संक्रमित थप ,काठमाडौं उपत्यकामा १ सय ७२ मा सक्रमण पुष्टि, ५ संक्रमितको मृत्यु

मुलुकमा थप २ सय ७० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ९० र पुरुषको संख्या १ सय ८० छ । पछिल्लो २४ घण्टामा ३ हजार ८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ७० संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय ७२ जना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५९ जना महिला र १ सय १३ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २४ हजार ४ सय ९० पुगेको छ ।

यसैगरी कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ९० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय ९० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ४ हजार ३ सय ०१ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या २ सय ३१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २० लाख ५ हजार १२५ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ संक्रमितको मृत्यु भएको छ । योसँगै मुलुकभर मृतकको संख्या १ हजार ९ सय ४८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार