इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार (भोली )देखि विक्री खुला

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ शुक्रबार ९माघ २ गते० देखि सर्वसाधारणका लागि बिक्री खुला गर्दैछ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ जारी गर्न लागेको हो । यो नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ हो । यसले निष्कासन गर्न लागेको कुल सेयरमध्ये ०।२०५ अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने ५५ ले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् । बैंकले प्रतिकित्ता १ सय अंकित मूल्यमा आइपीओ जारी गर्न लागेको हो । यस आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिमा आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरमार्फत अनलाइनबाट पनि सेयर भर्न सकिनेछ । यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार