नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाई किक स्पिड तेक्वान्दो च्याम्पियनसिप माघ तेस्रो साता आयोजना हुने

नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाई किक स्पिड तेक्वान्दो च्याम्पियनसिप माघ तेस्रो साता आयोजना हुने भएको छ । कुल ६ डोजाङको आयोजनामा माघको १३ र १४ गते च्याम्पियनसिप हुने भएको हो । कुल ६ डोजाङले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजना गर्दै उक्त च्याम्पियनसिपको बारेमा जानकारी गराएको थियो ।

च्याम्पियनसिप कोटेश्वर डोजाङमा सञ्चालन हुनेछ । उक्त च्याम्पियनसिपमा ६० विधाका पुम्से र ३० विधाका हाई स्पिड किकको प्रतिस्पर्धा हुने प्रतियोगिताका आयोजक समितिका सचिव अशोक खड्काले जानकारी दिए । हाई स्पिड किक नेपालमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको आयोजकले जनाएको छ । च्याम्पियनसिपमा २५ राष्ट्रका १ सय ३ खेलाडीले दुई विधामा प्रतिस्पर्धा गर्ने उनले बताए ।

च्याम्पियनसिपमा मस्ट पपुलर खेलाडीले १ सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् । युटुबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोको आधारमा मस्ट पपुलर खेलाडी चयन हुनेछ । उत्कृष्ट महिला र पुरुष खेलाडीले १ सय अमेरिकी डलर पाउने छन् ।

यस च्याम्पियनसिपको आयोजकमा कोटेश्वर तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीतान्जली स्कुल, मर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार