अन्तरबैकिङ एटीएम प्रयोग गर्दा शुल्क लाग्ने

एउटा बैंकको एटीएमबाटअर्को बैंकको एटीएम बुथमा प्रयोग गर्दा आजदेखि शुल्क लाग्ने भएको छ । राष्ट्र बैकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ संशोधन गर्दै माघ १ गतेदेखि न्यूनतम शुल्क लिन पाइने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको परिपत्र अनुसार अब बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म सेवा शुल्क लिन पाउनेछन् । महिनाको २ पटकसम्म हुने कारोबारका हकमा भने यस्तो सेवा निःशुल्क गर्नुपर्ने बैंकहरुलाई राष्ट्र बैंकको परिपत्र छ । राष्ट्र बैंकले शुल्क लिन पाउने व्यवस्था गरे पनि केही बैंकहरुले भने सेवामा शुल्क नलिने तयारी गरेका छन् ।

कोरोना सुरु भएपछि अन्तर९बैकिङ एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । बैंकहरुले एटीएम संचालन खर्च उठाउन नसकेको भन्दै राष्ट्र बैकसँग अनुरोध गरेपछि न्यूनतम शुल्क लिन पाइने व्यवस्था गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार