कवर्डहल निमार्ण गर्न संकलित रकम समितिलाई हस्तान्तरण

मकवानपुरमा तेकान्दो कवर्डहलको निमार्ण गर्न विभिन्न सहयोग दातावाट प्राप्त सहयोग रकम समिलिाई हस्तान्तरण गरिएको छ । जिल्ला खेलकुद कार्यालयको प्राङणमा बुधबार भएको कार्यक्रममा संकलित १ लाख ४८ हजार रुपैयाा समितिलाई हस्तान्तरण गरिएको हो ।

मकवानपुर ४ निवासी यज्ञ सापकोटोले छोराको जन्मदिन पारेर ५१ हजार ५ सय रुपैयाा समितिलाई उपलव्ध गराएकाथिए । यस्तै अस्ट्रेलिया गोर्खा तेकान्दो क्लव संचालन गरिरहेका मकवानपुरका सिनियर खेलाडी जिवन जोशी तथा उनको परिवारबाट कर्वडहलका लागि ५५,हजार एक रुपैया सहयोग गरेकाथिए ।

यसैगरि क्यानाडा निवासी ,पुर्ब खेलाडी प्रकास पुडासैनीबाट २० हजार रुपैयाा समितिलाई पठाएकाथिए । यस्तै गरि कार्यक्रममा मकवानपुरका सस्थापक खेलाडी गोपाल विक ११ हजार ११ रुपैयाा र समितिका कोषाध्यक्ष ठाकुर नाथ सुबेदी ११ हजार ११ रुपैयाा उपलव्ध भएको अध्यक्ष लालकाजि बज्राचार्यले बताए । कार्यक्रममा सहयोगदाताले उपलव्ध गराएको रकमबाट कवर्ड हल निर्माण कार्यमा सहयोग पुग्ने भन्दै सवै दातालाई बज्राचार्यले धन्यवाद दिएकाथिए ।

बिक्रम लामिछनेले संञ्चालन गरेको सो कार्यक्रममा जिल्ला खेलकुदका अध्यक्ष सानु लामा , कार्यालय प्रमुख खुसराज दाहाल , मकवानपुरका तेक्वान्दो प्रसिक्षक माधब कोइराला लगायतले सहयोगदातालाई धन्यवाद दिदै समयमा कवर्ड हल निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार