उड्नु छ आज भन्दै आईन सीमा संग्रौला

दस बर्ष अघि नोट एल्बम निकालेर नेपाली संगीत क्षेत्रमा पर्दपर्ण गरेकी धरानकी गायिका सीमा संग्रौलाले लामो समय पछि उड्नु छ आज  बोलको गीत सार्वजनिक गरेकी छिन्।

मेलोडी , फ्युजन र टिपिकल नेपालीपनका गीतहरु गाउन मन पराउने उनले उड्नु छ आज  गीत बिशाल पाण्डेसंग मिलेर संगीत तथा रचना गरेका छन्। यस अघि ३ महिना अघि मात्र उनले बिशाल पाण्डे संग मिलेर नै माया आउन नजिक  बोलको गीतको गीत तथा म्युजिक भिडीयो सार्वजनिक गरकी थिईन।

लकडाउनको समयमा अडियो तयार गरि लकडाउन खुलेपछिको समयमा पर्यटकीय नगरी पोखरा र यस आसपासका क्षेत्रमा खिचिएको भिडीयोको छायांकन ,सम्पादन तथा निर्देशन बिशाल पाण्डेले गरेका छन्।

उड्नु छ आज गीतलाई गायिका सीमाले आफ्नो प्रेरणादायी गीतको रुपमा लिएको बताउंछिन् । यहि गीतमा भने झैँ उनि अब भने निरन्तर संगीतमा आफ्नो पाइला चाली रहने बताउंछिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार