विद्यालय खुलाउने एमसीसीको निर्णय

आज बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (एमसीसी )को बैठकले विद्यालय खुलाउने निर्णय गरेको हो ।

एमसीसीको निर्णयलाई मन्त्रिपरिषदको अब बस्ने बैठकले पारित गर्ने तयारी भएको छ । मन्त्रिपरिषदको नियमित बैठक भोलि बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार हाललाई विद्यालय, फिल्म हल, जिमखानालगायत खुल्ला गर्न मन्त्रिपरिषदेमा प्रस्ताव पठाउने निर्णय भएको बताए । तर, आवश्यक परेमा कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी बन्न गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिइनेछ ।

५ चैत्र २०७६ यता कोरोना भाइरसको जोखिमका कारण देशभरका विद्यालय बन्द छन् । विद्यालय बन्द हुँदा दशौं लाख विद्यार्थीहरुको पठनपाठन प्रभावित छ । हाल अनलाइन कक्षाबाट विद्यार्थीहरुको पढाई भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार