घर धन्दा मात्र होइन, अफिस पनि ठिक छ
जे गरे पनि जहाँ गए नि,आज बोलि बिक्छ।
हिजोसम्म हेप्पेको थियो,यो समाजले हामीलाई
त्यही समाजले विश्वास गर्छ, आज हाम्रो कामलाई।
पहिला बोक्यौ गाईवस्तुलाई खुवाउन घाँसको भारी
अनुसन्धान गर्न आज पुग्छौ, त्यही जंगल झाडी।
कहाँ छैनौ र नारी हामी , के मा छौ र पछी
बढछौ अघी एक जुट मै भाग्ने छैनौ तर्सी।
घरगाउँ शहर पस्दैआज देशलाई पनि हाक्छौ
गाडी प्लेन पुरानो भो अव रकेट ताक्छौ।
दमनको घेरा भित्र बस्ने छैनौ हामी
लगनशील अस्पतालको हामी डाक्टर धामी।
छोरी,बुहारी,पत्नी, आमा, सासु पनि नारी
पुरुषसगै जीवनको उच्चालने छौ भारी।
जे भए नि जीवन रुपी चलिरहने छ गाडी
पुरुषसंगै जीवनको उच्चालने छौ भारी उच्चालने छ।