अन्नपूर्ण सबैभन्दा प्यारो मेरो जन्मभूमि

  सन्ध्या बोहोरा

हरियाली छन् मेरा डाँडा पाखा
मेरो जन्मभुमि हिमालको काख

डाँफे मुनाल गित गाउँछन् हिमालको काखमा
नाच्छन् मयुरहरू तराईको फाँटमा

सुन्दर हिमाल र हरियाली वनले
पशुपक्षि रमाउँछन् आफ्नै घर आगनमा

जहाँ गए पनि फकिन्छन हरे आफ्नै
अन्नपूर्ण हिमालको नाउँबाट

सरक्षण र विकास गरेका छन् त्यहि ठाउँ
झिलिमिलि पारेका छन् गाउँघर

रुखविरुवा रोप्न छ सबैतिर
के बुझ्नु भयो त।अनि के गरे त।

भुक्षय जोगाउन रुख विरुवा रोपिन्छ
पशुपक्षि मानव त्यसैमा रमाउछन्।

भएको छ विकास सिचाँइ खानेपानी गरेटो बाटो
सबै भन्दा प्यारो लाग्ने आफै जन्मेको माटाको

  • बोहोरा श्री विधा विकास मावि बेशीसहर लमजुङ्गमा कक्षा ६ मा अध्ययनरत छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार