सामयिकी – नेकपा बारे

  विनोद देवकोटा

 

 

कम्युनिष्टहरु खुला प्रतिश्पर्धा , बहुलवादमा विश्वास गर्दैनन् भन्ने मान्यतालाई तोड्दै मदन भण्डारीको ‘ जनताको बहुदलीय जनवाद ‘आयो। परिणामत, विश्व कम्युनिष्ट आन्दोलन धरमर भैरहेका बखत नेपालमा भने तत्कालिन नेकपा (एमाले) ले सँसदमा जवर्जस्त शक्तिको रुपमा उपस्थिति जनायो , सत्ता सँचालनमा समेत सहभागी बन्यो। उता ‘रक्तपातपुर्ण बिद्रोह ‘मार्फत नेकपा माओवादीले आफूलाई यौटा अर्को बिकल्प सिध्द गर्यो। उसले जुनकुनै नाउँ दिएपनि , शब्दमा जनताको बहुदलीय जनवाद नस्विकारेपनि शान्तिबार्ता पश्चात ऊ सँसदीय प्रतिस्पर्धामा उत्रदा सारमा तेहि बाटो पछ्याईरहेथ्यो।

त्यी दुबैको गठबन्धन र एकिकरणपछि सँसदमा धन्दै दुई तिहाईको सँख्यामा कम्युनिष्टहरुको उपस्थिति देखियो।त्यो यौटा कम्युनिष्ट पार्टीका लागि अद्वितिय सफलता थियो।

मदन भण्डारी भन्दथे: “हामी जनतामा जादै गर्दा जनताका सरोकारका बिषयहरुलाई बडो गम्भीर ढँगले उठाउने छौँ। प्रतिष्पर्धी हरु भन्दा उत्कृष्टता हासिल गरी जनताको मतको माध्यमद्वारा सरकारमा सहभागी हुने, सरकारको नेतृत्व गर्न सक्षम हुनेछौँ। सरकारमा रहदै गर्दा राष्ट्र राष्ट्रियता सबल बनाउदै जनहित , जनकल्याणकारी ढँगबाट राज्य सँचालन गर्नेछौँ। तदनुरुप नीति बनाउने छौँ र पार्टि कार्यक्रमहरु लागू गर्दै जानेछौँ।तेसका लागि प्रशिक्षित कार्यकर्ताहरुको सबल सँगठन र सक्षम नेतृत्वको निरन्तर कृयाशिलता नै निर्णायक बन्नेछ।’

तर यसबीच तेत्रो सबल उपस्थितिमा समेत सरकार जनताका सरोकारका बिषयमा करीब करीव निस्फिक्र रह्यो।बलात्कार ( हत्याका घटनाहरुमा बृघ्दि भयो।नीतिगत भ्रष्टाचार, नातावाद ( कृपाबाद मौलायो।राष्ट्रवाद मौसमी र बार्गेनिँगको औजार बन्यो।उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुको सट्टा पार्क, भ्यूटावर, कँक्रिट गेट ठड्याउन थालियो।सत्ता सँचालकहरु सौखिन बने।सेवा प्रवाहमा चासो दिइएन।

पार्टी र सरकार बीच उचित समन्वय हुन सकेन। नेतृत्व दम्भ र कुण्ठामा बाँडियो।पार्टि भित्र प्रर्याप्त छलफल, कमी कमजोरीमा आलोचना- आत्मालोचना , सुधार हुन सकेन।बरु खुराफाती र शकुनी शैली अपनाइयो।स्वच्छ आन्तरिक प्रतिस्पर्धा हैन स्थायी गुट निर्माण गर्ने र तेहि गुटको पक्षपोषण गर्ने गरिन थालियो।नेतृत्व लुप्त प्रतिशोध साँध्न अभ्यस्त रह्यो । आपसमा अराजनीतिक आरोप-प्रत्यारोप लगाउदै तल्लो स्तरमा ओर्लियो।कमिटीहरु प्रायस् निश्क्रिय बनाइए।कार्यकर्ताहरुमा राजनीतिक प्रशिक्षणको त अभाब रह्यो नै, बरु झोले र हनुमान बन्ने दौड चल्यो। नेतृत्व सामन्त अनि कार्यकर्ता दासुमा फेरिए , बचेखुचेका असल , ईमान्दार र प्रतिबध्द कार्यकर्ताहरु हैसियतबिहिन बनाइए।सरकारको नेतृत्व गर्ने र सहभागी हुनेहरुले आफुलाई पार्टि भन्दा भिन्न तर अब्वल दर्जाको शासक ठान्न थाले।

स्वभावत, बैध प्रतिस्पर्धाबाट सत्तामा पुगेपछि साबिक सँबिधानको अक्षरश पालना गर्दै शासन पध्दती सँचालन गर्नुपर्दथ्यो । तर सत्तासीन द्वारा तेसका आधारहरु भत्काउदै मर्ममै प्रहार गर्न थालियो।जस्ले कम्युनिष्ट कहिल्यै लोकतन्त्रवादी हुन सक्दैन भन्ने हरुको जिकिर सहि साबित भएको छ र ुजवजु ले हावा खाएको छ।
परिणती ऐले देखिएको छ।

लोकप्रियताको चरम बिन्दुमा पुगेको, देशको निर्विकल्प शक्ति बन्दै गरेको कम्युनिष्ट पार्टी यतिखेर बिघटनको चरण बाट गुज्रिरहेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार