मेरो देश नेपाल

हिमालको ताज लगाइ मुसुक्क हाँसेको,

पुर्खाहरुको रगतमा मेरो देश बाँचेको ,

कहिल्यै झुकेन मेरो देश अरुको अगाडी

त्यसैले भनिन्छ नेपालीलाई वीर गोर्खाली ।

 

कहिल्यै भएन युध्द जातजातीको नाममा ,

गर्व गर्छौ हामी आफ्नो संस्कृति अनि भेषभुषामा,

मेरो देश योध्दाहरुको जन्मभूमि ,
मेरो देश बुध्दको शान्तिभूमि।

 

म मेरो देशलाई प्रकृति सौन्दर्यको खानी ठान्छु,

म मेरो देशलाई स्वर्गको एक टुक्रा वा धर्तीको रानी ठान्छु ,

साँच्चै हिमाल र पहाड हो जडिबुटीको रानी,

तराई हो अन्नको भण्डार अनि खानी।

 

डाँफे मुनाल हिमालमा त हात्ती गैँडा तराई ,

मेरो देश नेपालमा कोही छैन पराइ।
मेरो देश नेपालमा कोही छैन पराइ।।

  • अधिकारी श्री विधा विकास मावि बेशीसहर लमजुङ्गमा कक्षा ५ मा अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार