कविता

  छायादत्त न्यौपाने (बगर)


१.
भन्ने बानी सबैको राम्रो
गर्ने कुरा सबैको राम्रो
स्वार्थ रक्षाको होडबाजी
स्वविज्ञापन सबैको राम्रो ?

२.
भन्दिए पुग्ने सन्तोषी जनता हामी
छालछाम पत्याइरहने जनता हामी
वाक्पटु फकाई फुल्याई शासन गर्छ
शिर झुकाई रमाइरहने जनता हामी ?

३.
निमुखालई न्याय सधैं बन्द बन्द
परिवर्तनको गति सधैं बन्द बन्द
आफ्नै गीता गानको चटारो यहाँ
नैतिकताको बिर्को सधैं बन्द बन्द ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार