अन्तिम पत्र

कलमको मसी सकिएला तर तिम्रा लागि लेखिएका शब्दहरु बिलाएर जादैन भन्थ्यौं ,
आज मेरो आसुको धारासगैं शब्दहरु बिलाएर जादैछ्न प्रिय।।
मैलै दिएको गुलाफको फुल ओइलिए पनि सुगन्ध हराएर जादैन भन्थ्यौं
गुलाफ नओइलाउदै सुगन्ध हराएर गयौं प्रिय ।
त्यसैले यो अन्तिम पत्र तिम्रै लागि लेख्दै छु प्रिय।।

हिंड्दा ठेस लाग्छ हात समाउ है भन्ने तिमी ,
आज आफ्नै हात धार वनाइ गयौ प्रिय ।
नदीमा दुई किनार हुन्छ भन्थ्यौं , पानी नबग्दै मुहान सुकाएर गयौं प्रिय ।।
प्रेम त्यो जुन हो जहाँ सबैले देख्छन् भन्थ्यौं
तर भाग्यमा नपाई अस्ताएर गयौं प्रिय ।।
त्यसैले यो अन्तिम पत्र तिम्रै लागि लेख्दैछु प्रिय।।

विना गल्ति कसैलाइ दोष दिनु हुदैन भन्थ्यौं,
आज आफैँ जाली माया लगाएर गयौं प्रिय।।
जो तिम्रो आफ्नो हो त्यो एक दिन तिम्रै हुनेछ भन्थ्यौं ,
तर आज मेरै हुन नपाई अर्कैको भयौं प्रिय।
अरुको मान्छेलाई कहिले आफ्नो बनाउनु हुदैन भन्थ्यौं ,
अब म तिम्रो पनि हुन सकिन प्रिय ।।
त्यसैले  यो अन्तिम पत्र  तिम्रै लागि लेख्दैछु प्रिय ।।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार