गजल

  सुभाष विष्ट खतिवडा

पाइएला साथ कसैको आस हुदैन प्रिय,
अँध्यारोमा छायाँ पनि, आफ्नो पास हुदैन प्रिय ।

रोगको महामारी, बाढीपहिरो आइरहन्छ यहाँ
प्रकृति कहिल्यै मान्छेको दास हुदैन प्रिय ।

घाटमा अनगिन्ती लास सुतिरहेका हुन्छन् ,
कस्ले भन्छ चिहानमा, मान्छेको बास हुदैन प्रिय ।

दिलमा घर बनाएर तिमीलाई राखेको छु,
र त नजिक छू भन्ने, मित्र खास हुदैन प्रिय ।

लड्नु उठनु जिवनको खेल हो, हार नमान्नु ,
खुट्टा तान्नेहरूबाट, जीवन नास हुदैन प्रिय ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार