तर सधैं यस्तो नहोस !

सामाजिक संञ्जालमा ,
टिभीका स्क्रिनमा,
हल्ला र आ-आफ्नै अड्कलवाजीहरुमा,
सुनेको थिए,
यता आउँदैन जस्तो लागेको थियो,
खै कसले ल्यायो, कसरी आयो,
देश, प्रदेश,शहर , नगर, वडा
हुदै घरमा पो आयो।

आउँदा,
हल्ला आए, आंशका आए ,
त्रासदी आए, सन्नाटा आयो,
मानवीयतामाथि हस्तक्षेप गर्दै
विकास निर्माण ठप्प पार्दै
र त,
विद्यालय वन्द भए,
सडक पेटि सुनसान भए ।
कलकारखाना बन्द भए ।

कम्पन र पराकम्पनले थिलोथिलो वनाउदै
अनेक अड्कलवाजी र आशंका थप्दै
हाम्रो सस्कार र सस्कृतिमाथि धावा वोल्दै
सामाजिक दुरीका नाममा
आत्मिय मनलाई पराइ वनाउदै
यान्त्रिक पो वनाइदियौ. ।

र त , यो साल पर्व आएनन् ।
मेला उत्सव मनाइएन ।
लाहुरे घर फर्किएन,
विवाह वर्तमन भए ,भोज भतेर भएनन्
जन्ती र मलामी जाने कोही भएन ।
तिजमा चेली माइती गइन,
दशैंमा शहरवाट नाती नातिना घर फर्केनन्,
जमरा राखियो, टिका लगाइएन,
मान्छे जहाँको त्यही रह्यो ।
ठिंग चोकमा उभिएको शालिक जस्तो ।

तिहारको आउदै गर्दा
सयपत्री फुल्दैछन् ।
वत्ति वालिनेछ,
देउसी खेलिनेछैन,
भाइको निधार खै के खै के ?

सानोमा स्कुलमा ,
विज्ञानले विकास गर्छ की विनास वादविवादको शिर्षक  हुन्थ्यो,
खै कहाँ जन्म्यो ?
कसको दिमागमा सैतान पस्यो ?
सारा दुनियाँलाई सतायो ,
मानव सभ्यतालाइ नै चुनौति दियो ।

तर सधैं यस्तो नहोस !
छिट्टै  कोरोना कहरको अन्त्य होस ।
मान्छे फेरी मान्छे होस
मानविय व्यवहार गरोस
मानविय दुरी कम होस ।
आशा अनि अपेक्षा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार