यसपालिको तिहार

  शिलु विष्ट तिवारी

खै कस्तो कस्तो भइरहेछ, यसपालिको तिहार
विश्वमा नै भइरहेछ, कोरोनाले सबैको बेहाल।
दशैँ पनि त्यसै वित्यो, भएन मनमा रमाइलो
हेर्दाहेर्दै घरआँगनमा, आइपुग्यो देउसी अनि भैलो।

पोहोर, परार चाँडवाँड आउँदा, मन हुन्थ्यो दङ्ग
यसपालिको चाँडवाँडमा छैन कुनै रङ्ग।
सयपत्री फुल्दा पनि छैन मन खुसी
कोरोनाले बनाइदियो सबैलाई दुखी।

जताततै बले पनि, झिलीमिली बत्ती
खासै रमाइलो लाछैन, मलाई त कत्ती।
कोरोनाले गर्नु गरयो, सबको ढोका बन्द भाछ
चाडपर्वको रङ्गरस सबै, थोक मन्द भा छ।
कही कतै के हुने हो मन भित्र लाग्छ डर
आज ठीकै भए पनि जीवनको छैन भर।

कताकता रङ्गविहीन , लागि राछ फिका
लाउन पाइएलाजस्तो छैन, दाजुभाइलाई टीका
यसपालिको तिहार खै कस्तो कस्तो हुने भयो
माइती अनि चेलिको मन त साह्रै रूने भयो।
माइती अनि चेलिको मन त साह्रै रूने भयो ।।

  • वेसीशहर, लमजुंङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार