सिटी सेन्टरमा बज्र ननिताज फिटनेश सेन्टर सञ्चालनमा

काठमाडौं : शारीरिक व्यायाम अर्थात फिटनेस आफैंमा एउटा आवश्यकता हो । शारीरिक तन्दुरुस्त र फिट रहनमात्र नभएर हिजोआज रहरले समेत मानिसहरु फिटनेश सेन्टर धाउन थालेका छन् । जसले गर्दा फिटनेश सेन्टरहरुको महत्व दिनै बढ्दै छ ।
काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको पाँचौं तलामा बज्र ननिताज फिटनेश सेन्टर सञ्चालनमा आएको छ । रोजल शाहीले सञ्चालनमा ल्याएको उक्त फिटनेश सेन्टरको शनिबार मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, अभिनेता सविन श्रेष्ठ, फिल्म निर्देशक सुर्दशन थापा र मोडल मन्चिन शाक्यले संयुक्तले उद्घाटन गरे ।

यो फिटनेश सेन्टरले फिटनेशसम्बन्धी सबै सुविधा प्रदान गर्ने सञ्चालक रोजलले बताएका छन् । बज्र ननिताज फिटनेश सेन्टरको शाखा ललितपुरको भैंसेपाटीमा समेत रहेको छ ।

यतिखेर विश्व कोरोना संक्रमणको महामारीबाट आक्रान्त छ । यस्तो बेला मानिसले आफूलाई तन्दुरुस्त राख्न आश्वयक छ ।मानिसहरु संक्रमणसंग बच्ने उपाय खोजिरहेका छन् । त्यसका लागि एक उपाय फिटनेश पनि हुनसक्ने संचालकले दावी गरेकाछन् ।।

व्यायाम र रोगप्रतिरोधात्मक शारीरिक क्षमताका सम्बन्धमा भएको अध्ययनअनुसार तन्दुरुस्त वा फिट रहँदा संक्रमणबाट बच्ने क्षमता राम्रो हुन्छ । एकपटक मात्र गरिने व्यायामले पनि भाइरस तथा ब्याक्टेरियासँग लड्ने क्षमता बढाउने वैज्ञानिकहरुले बताएका छन् ।

अमेरिका गरिएको अध्ययनका अनुसार लगातारको व्यायामपछि केही सेलहरु मर्ने भएपनि त्यसले केही घण्टाभित्रै सबै सेलहरु सक्रिय अवस्थामा आउने भएकाले इम्युन सेललाई स्थिर बनाउने र प्रतिरोधात्मक क्षमता सशक्त बनाउँछ भन्ने विश्वास वढ्दै गएको छ । ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार