त्रिवि व्यवस्थापन संकायका परीक्षा मंसिर तेस्रो सातापछि संचालन हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले कोरोना महामारीका कारण स्थगित परीक्षा मंसिर तेस्रो हप्तादेखि संचालन गर्ने बताएको छ।

डिन कार्यलयले निकालेको सूचनामा भनिएको छ‚ ‘त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालनसम्बन्धी समिति मिति २०७७ असोज ६ गतेको बैठकबाट स्थगित गरिएका सम्पूर्ण परीक्षाहरू आफ्नो अनुकुलता हेरी सम्बन्धित डिनको कार्यालयले सञ्चालनको निर्णय गर्न सक्ने भनी निर्णय भएकोमा तथा नेपाल सरकार मन्त्रीपरिषदले परीक्षा सञ्चालनको लागि कोभिड( १९ को स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी विश्वविद्यालयले रोकिएका सबै परीक्षा गर्न सक्नेछ भन्ने निर्णय गरेकोमा २०७७ मंसिरको तेस्रो सातापछि स्थगित स्नातक‚ स्नातकोत्तरको परीक्षा सञ्चालन गरिनेछ।’

कोरोना भाइरसको महामारी फैलिन नदिन सरकारले चैत्र ५ गते लकडाउन गरेको थियो। लकडाउनका कारण भइरहेको परीक्षा स्थगित भएको थियो भने पठनपाठन ठप्प भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार